प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीका लागि नर्भिकको विशेष अभियान

प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीका लागि नर्भिकको विशेष अभियान

यस वर्षको विश्व स्वास्थ्य दिवस (वल्र्ड हेल्थ डे) को अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

आउँदो चैत २५ गते शनिवार नर्भिकले विशेष छुटसहित बृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागेको हो । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले कार्यक्रममा सहभागी हुनेहरुलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्था समेत गरिएको जानकारी दिए ।

त्यस्तै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत छुटको स्किम सार्वजनिक गर्नुका साथै प्रोस्टेट स्पेशिफिक एन्टीजेन (पिएसए) को परीक्षण शुल्कमा १५ प्रतिशत छुट उपलब्ध गराउने अस्पतालले जनाएको छ । शनिवार बिहान ८ बजेदेखि सो बृहत जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिब ट्रेनिब हलमा आयोजना हुने बताइएको छ ।

कार्यक्रममा सहभागी हुनेले वरिष्ठ यूरोलोजीस्ट डा. सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा. सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन् । हस्पिटलले प्रोस्टेट ग्रन्थीका बिरामीले ‘वल्र्ड हेल्थ डे’ को अवसर पारेर सार्वजनिक हेल्थ प्याकेज तथा जाँचमा छुटको सुविधा लिन तथा निःशुल्क जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनलाइनमार्फत नाम दर्ता गराउनुपर्ने बताएको छ । 

नर्भिकले यसअघि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुगर रोगबाट पीडित भएकाको लागि निःशुल्क र वृहत जनचेतनामूलक कार्यक्रम आयोजना गरिसकेको छ । यस्ता कार्यक्रममा परामर्श सेवा, विभिन्न खालका परीक्षणहरुमा छुटको स्किमसमेत ल्याइने गरिएको छ । 

नर्भिकले केही महिनादेखि आफ्नो सीएसआरअन्तर्गत यूरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिवार यूरोलोजीको टिमबाट निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ । अन्य विशेषज्ञ डाक्टरहरुको  सहभागितामा निःशुल्क ओपिडी तथा परामर्श सेवा समेत सञ्चालन हुने गरेको छ ।

टिप्पणीहरू