कोशीका धेरै वडा कार्यालयमा तालाबन्दी

कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरले स्थानीय तहमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रदेशका अन्य जिल्लामाझैँ मोरङको मिक्लाजुङ गाउँपालिकाका विभिन्न वडामा पनि ताला लगाएको बताइएको छ ।
आन्दोलनकारीहरुले वडा नम्बर ४ को वडा कार्यालयमा ताला लगाइदिएका छन् । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरिएको उनीहरुको भनाइ छ ।
कार्यालयमा ताला लागेपछि वडा कार्यालयले प्रदान गर्ने सेवा प्रभावित भएको सोही वडाका वडाध्यक्ष विशाल राईले बताए । आन्दोलनकारीले हिजोदेखि आगामी शुक्रबारसम्म प्रदेशका सबै स्थानीय तहको सेवा ठप्प पार्ने कार्यक्रम तय गरेका छन् ।
टिप्पणीहरू