शिखरको ध्यान कृषि, पशुपन्छी तथा जडिबुटीतर्फ

शिखरको ध्यान कृषि, पशुपन्छी तथा जडिबुटीतर्फ

शिखर इन्स्योरेन्सले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

सरोकारवाला विभिन्न व्यक्ति र निकायका प्रतिनिधिहरुले तालिमका सहभागीहरुलाई आ–आफ्नो विषयगत प्रशिक्षण दिएपछि तीन दिने तालिम हिजो समापन गरिएको छ । त्यसक्रममा कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीले कृषि, पशुपन्छी तथा जडिबुटी निर्देशिका, २०७९ मा भएका प्रमुख व्यवस्था र कृषि बीमालाई प्राथमिकता दिइएका निर्देशनलगायतका बारेमा जानकारी दिएका छन् । 

तालिमका सहभागीहरुले शिखर इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख गणेशप्रसाद जोशीले बीमाको सिद्धान्त र किसिमका साथै पशुधन, बाख्रा बीमा, मौसम सूचाङ्कमा आधारित स्याउ बीमाहरूको व्यवहारिक ज्ञान र अभ्यासबारे जानकारी गराएको बताइन्छ । 

कम्पनीको कृषि तथा लघु बीमा विभागका सार्थकराज पाण्डेले उत्पादनमा आधारित खाद्यान्न बीमा, तरकारी, माछा, च्याउ खेती, पन्छी, सुन्तलालगायत बीमा लेखका बारेमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान दिएका हुन् ।

नेपाल बीमा प्राधिकरणका तर्फबाट कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ताको व्यवस्था, बीमा अभिकर्ता दर्ता तथा नवीकरण प्रक्रिया बारेमा जानकारी दिनुका साथै कृषि बीमा अभिकर्तालाई गाउँ गाउँमा पुगी बीमा गर्न हौसला प्रदान गरिएको थियो ।

तालिम चैत १२ गतेदेखि सुर्खेतमा सञ्चालन गरिएको थियो ।

टिप्पणीहरू