कोरोना संक्रमितको संख्या सय नाघ्यो

कोरोना संक्रमितको संख्या सय नाघ्यो

नेपालमा कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमितको संख्या १०३ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना पुष्टि भएको छ । उक्त संख्या एक हजार ३० जनाको परीक्षणमा फेला परेको हो ।

केही महिनादेखि मुलुकभर संक्रमितको संख्या नै थिएन । तर आइतबारदेखि सक्रिय सङ्क्रमितको संख्या बढेर आज एक सय तीन पुगेको हो ।

टिप्पणीहरू