नेपाली सेनासँग वार्ता सक्नासाथ अमेरिकी जर्नेल नयाँ दिल्लीतिर

नेपाली सेनासँग वार्ता सक्नासाथ अमेरिकी जर्नेल नयाँ दिल्लीतिर

नेपाल भ्रमणमा आएका अमेरिकी सेनाका मेजर जनरल भर्खर भारतको राजधानी नयाँ दिल्लीतर्फ लागेका छन् । उनी भिस्तारा एयरको उडानमा गएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डर क्रिस्टोफर स्मिथ नेतृत्वको टोली नयाँ दिल्ली गएको हो । टोलीले अस्ति,हिजो र आज परराष्ट्र मन्त्रालयसहित नेपाली सेनाका अधिकारीहरुसँग स्थल सेनावीचको सहकार्यसम्बन्धी वार्ता गरेको थियो । 

दुई मुलुकका सेनाबीच यस किसिमको वार्ता चौथो पटक भएको सेनाले जनाएको छ । क्रिस्टोफरको टोली गत शनिबार राति सिंगापुरबाट काठमाडौं आएको हो ।

 

टिप्पणीहरू