बारामा राजेन्द्रले पनि उपेन्द्रलाई सघाउने
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बारा–२ मा उम्मेदवारी नदिने भएको छ । लोसपाबाट उम्मेदवारको चर्चा गरिएका वरिष्ठ नेता राजेन्द्र महतो स्वयम्ले उम्मेदवारी नदिने बताएका हुन् ।
महतोले गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने पनि प्रष्ट पारे । ‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले भने, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’
बारा–२ मा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले उपेन्द्रलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । त्यस्तै, माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि उपेन्द्रलाई सघाउने बताएका छन् ।
आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । बाँकी २ क्षेत्रमा भने गठबन्धनका तर्फबाट काँग्रेसले उम्मेदवारी दिने भएको छ ।
टिप्पणीहरू