चिरिबाबुले भोलि नै बोलाएर च्याप्न लागे चौधरीलाई

चिरिबाबुले भोलि नै बोलाएर च्याप्न लागे चौधरीलाई

नक्सा पास नगरेको र विशाल भवन निर्माणअघि स्थानीयको अनुमतिसमेत नलिई धमाधम बनाउन थालिएको डलर अर्बपति विनोद चौधरीको निर्माणाधीन लक्जरियस अपार्टमेण्टका कारण छेउछाउका आधा दर्जन घर भासिएका छन् । गएराति ललितपुरको बखुण्डोलस्थित होटल समिट भएको स्थानमा बनाइएको समिट अपार्टमेण्टको जग खन्ने क्रममा दुई वटा घर ध्वस्त भएको छ । एउटा छ तले घरको भुईंतल्ला जमिनमुनी भासिएको छ भने आधा दर्जन बढी घरमा क्षति पुगेको छ ।

गैरकानुनी ढंगबाट अपार्टमेन्ट बनाउन थालिएको र आफ्नो निजी सम्पत्तिमा क्षति पुर्याएको भन्दै स्थानीय गत रातिदेखि नै आक्रोशित देखिन्छन् । चौधरीविरुद्ध नाराबाजी भएको छ । डलर अर्बपतिको मिचाहा प्रवृत्ति,गैरकानुनी भवन निर्माण प्रक्रियाको विरोधमा उत्रिएपछि सो क्षेत्रमा आज बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नजिकैका घर भासिएपछि ज्यान जोगाउन उनीहरु राति नै भागाभाग गरेका थिए । चौधरीको अपार्टमेन्ट सँगै रिगध्वज बिष्ट र रञ्जन श्रेष्ठको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । विष्टको छ तल्ले घरको भुईंतला भासिएको छ ।

ललितपुर महानगरमा उनले नियमानुसारको निवेदन दर्ता,सम्बन्ध, निर्माण स्वीकृति केही पनि गरेका छैनन् । चौधरीको अपार्टमेण्ट कम्पनीले शहरी विकास मन्त्रालयबाट प्लानिङ परमिट मात्रै लिएको बताइन्छ । त्यो भनेको सो क्षेत्रमा आवश्यक प्रक्रिया पूरा गरेर काम थाल्न दिइएको सामान्य स्वीकृति मात्रै हो ।

"टोलीले केही महिनाअघि स्थानीय सरकार सञ्चालन ऐनबमोजिम आवश्यक स्वीकृति लिएर मात्रै काम थाल्न पत्र लेखेको थियो । पत्रमा हालसम्म गरिएको निर्माण रोक्न र थप नबनाउन निर्देशन दिइएको तर उक्त निर्देशनलाई लत्याएर निर्माण जारी राखेपछि गए राति जमिन भासिएर स्थानीयको बिचल्ली भएको हो । "

उनले उक्त प्लानिङपछि महानगरपालिकाबाट नक्सा पास र अस्थायी स्वीकृति लिएर मात्र भवन निर्माण थाल्नुपर्नेमा सो नगरेको पाइएको छ । चौधरीले स्वीकृतिविना संरचना निर्माण थालेको उजुरीपछि महानगरको टोलीले केही महिनाअघि स्थानीय सरकार सञ्चालन ऐनबमोजिम आवश्यक स्वीकृति लिएर मात्रै काम थाल्न पत्र लेखेको थियो । पत्रमा हालसम्म गरिएको निर्माण रोक्न र थप नबनाउन निर्देशन दिइएको तर उक्त निर्देशनलाई लत्याएर निर्माण जारी राखेपछि गए राति जमिन भासिएर स्थानीयको बिचल्ली भएको हो । 

‘यो चौधरीको बत्तिसै आना कानुन विपरीत, हेपाहा,मिचाहा प्रवृत्ति हो । भोलि महानगरमा बोलाइएको छ । हदैसम्मको कारबाही गरिन्छ,’ महानगरको उच्च स्रोतले भन्यो । चौधरीले निवेदन दर्ता समेत नगरेर जबर्जस्ती काम गरेकाले सबैलाई क्षतिपूर्ति दिनुपर्ने आवाज महानगरभित्रै पनि उठेको छ । 

स्थानीय सरकार सञ्चालन ऐनअनुसार कुनैपनि निर्माणअघि पालिकाबाट अस्थायी स्वीकृति लिनुपर्नेमा चौधरीले ह्याकुलाले मिचेको स्पष्ट भएको छ । डिपिसी भएपछि स्थायी निर्माणको स्वीकृति लिनुपर्नेमा उनले कानुनको उल्लंघन गरेका हुन् । जबकि यतिखेर चौधरी कानुन निर्माण गर्ने थलो संसदमा सांसदको भूमिकामा पुगेका छन् । हालै भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बन्न कम्मर कसेर लागेका थिए ।

यसैबीच घर भासिएको समाचारपछि ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्की निरीक्षणको निम्ति त्यहाँ पुगेकी थिइन् । उनले चौधरीको गलत निर्माणका कारण भएको स्थानीयको भवनमा पुगेको क्षतिको उचित व्यवस्था गर्न र डलर अर्बपतिलाई कारबाही गर्न माग गरेकी छन् ।

टिप्पणीहरू