जनकपुरमा बेलायती राजदूतको स्वयंवर

जनकपुरमा बेलायती राजदूतको स्वयंवर
सुन्नुहोस्

नेपाली भाषा सिक्दै गरेका बेलायती राजदूत रब फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ (म्यारिज एनिभर्सरी) जनकपुरको जानकी मन्दिरमा मनाएका छन् । राजदूतले श्रीमती जुलिया फेनसँगै स्वयम्बर माला लगाएर एनिभर्सरी मनाएका हुन् ।

मिथिला परम्पराअनुसारको मौर पाग लगाएका राजदूतले रातो साडी लगाएकी श्रीमती जुलियालाई सुनको औंठी लगाइदिएकको त्यस अवसरमा दुलाहा र दुलहीलाई झैँ लगनगाँठो पनि कसिएको थियो ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल,मधेशकी मन्त्री रानी शर्मा तिवारी,जनकपुरका मेयर मनोजकुमार साहले जानकी मन्दिर पुगेर जोडीलाई बधाई दिएका थिए ।
 

टिप्पणीहरू