आयकरको किस्ता बुझाउन चैत मसान्तको सीमा

आयकरको किस्ता बुझाउन चैत मसान्तको सीमा

सरकारले आयकरको दोस्रो किस्ता वापतको रकम चैत मसान्तभित्र बुझाइसक्न भनेको छ ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९-८० को आयकरको दोस्रो किस्ता वापतको रकम तथा विवरण यहि मसान्तभित्र बुझाउन आग्रह गरेको हो । आज सूचना प्रकाशित गर्दै विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने कानूनी व्यवस्था भएकोले सोही अनुसार म्यादभित्रै कर तथा विवरण बुझाउन भनेको छ । 

सूचनामा भनिएको छ, ‘आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा १५ बमोजिम कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयवर्ष २०७९-८० को वार्षिक आयकर रकमको दोस्रो किस्ता वापतको तीस प्रतिशत समेत गरी सत्तरी प्रतिशतले हुने रकम  २०७५ चैत महिनाभित्र दाखिला गर्नुपर्ने कानूनी व्यवस्था भएकोले सो अनुसार म्यादभित्रै विवरण तथा कर दाखिला गर्नुहुन अनुरोध छ ।’

टिप्पणीहरू