बुस्टर डोज सरकारी कर्मचारीलाई मात्रै !
जिल्ला प्रशासन कार्यालय, ललितपुरले बुस्टर डोज लगाउने भएको छ । उक्त डोज जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई दिन लागिएको बताइएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार भोलिदेखि चैत ३० गतेसम्म कार्यालय परिसरमा खोप शिविर सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताए ।
उनका अनुसार बुस्टर डोज लगाउन चाहनेले यसअघि खोप लगाएको कार्ड लिएर उपस्थित हुनुपर्ने छ । नेपालमा कोरोनाको नयाँ भेरियन्टको संक्रमणदर पुनः बढेकाले खोप कार्यक्रम सञ्चालन गर्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
‘चैत २८, २९ र ३० गते यस जिल्लाका सबै सरकारी कार्यालयहरुमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले यसअघि आफूले लगाएको खोप कार्डसहित जिल्ला प्रशासन कार्यालय, ललितपुर परिसरमा सञ्चालन हुने कोभिड–१९ विरुद्धको खोप शिविरमा उपस्थित भई बुस्टर डोज खोप लगाउन सबैमा हार्दिक अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ’, आज जारी सूचनामा उल्लेख छ ।
टिप्पणीहरू