तीन महिनापछि कोरोनाबाट एक जनाको मृत्यु, पाँच जना भेन्टिलेटरमा
नेपालमा तीन महिनापछि कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको विवरण सार्वजनिक गर्दै एक जनाको मृत्यु भएको जानकारी दिएको छ । कोरोना संक्रमणबाट गत पुस २३ गते एक जनाको मृत्यु भएयता आज अर्का एक संक्रमितले ज्यान गुमाएका हुन् ।
योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २१ पुगेको छ । गत २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४३६ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन् । आज थपिएका सहित हाल सक्रिय संक्रमितको संख्या ४६९ जना पुगेको छ ।
संक्रमितमध्ये पाँच जनाको भेन्टिलेटर, १३ जनाको आईसीयू र २४ जना आईसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ४८ जना निकोसमेत भएका छन् ।
टिप्पणीहरू