ढाकाकुमारलाई कारबाही गर्न रास्वपाको बैठक सर्यो

ढाकाकुमारलाई कारबाही गर्न रास्वपाको बैठक सर्यो

 सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले बोलाएको केन्द्रीय समितिको बैठक सारिएको छ । बिहान ९ बजे केन्द्रीय कार्यालयमा बोलाइएको बैठक दिउँसो २ बजेलाई राखिएको बताइएको छ ।

मेडिकल बिचौलिया दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको टेलिफोन वार्ता बाहिर आएपछि सांसद श्रेष्ठ र रवि लामिछाने अप्ठेरोमा परेका छन् । आफूमाथि कारबाही गरे लामिछानेको कोर टिमबारे छताछुल्ल पार्ने चेतावनी श्रेष्ठले दिएका छन् । 

हिजो उनीसङ्ग पार्टीको अनुशासन तथा आचरण समितिले बयान लिएको थियो । सोही क्रममा श्रेष्ठले लामिछानेको कोर टिमबारे सबै कुरा बाहिर ल्याइदिने बताएका छन् । श्रेष्ठलाई सांसद र पार्टी सदस्यबाट हटाउन सिफारिस गरिएको एक जना नेताले बताए ।

यो पनि...

1. सहायक पाइलटलाई पखाला लागेपछि वरिष्ठ पाइलट निलम्बित

2. सेनाको हवाई आक्रमणमा म्यानमारमा ५३ जना मारिए

3. कूटनीतिक सुविधाको गाडीमा तस्करी गर्नेलाई पुनर्बिमाको ‘लाइसेन्स’

टिप्पणीहरू