नयाँ वर्षमा आईएमई पेको नयाँ योजना
नयाँ वर्ष २०८० को अवसरमा आईएमई पेले ‘तपाईंको मेहेनतमा हाम्रो साथ’ भन्ने मूल नारासहित नयाँ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत विदेशबाट रकम पठाउँदा प्रत्येक हप्ता प्रत्येक प्रदेशबाट एक जनाका दरले सात प्रदेशका सात जना गरेर चार हप्ताका कुल २८ जना विजेतालाई उपहारस्वरुप जनही नगद सात हजार रुपैयाँ प्रदान गरिनेछ ।
साथै, यो योजना बैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । विदेशमा रहेका नेपालीले आईएमई वा आईएमईका साझेदारमार्फत पठाएको रकम आईएमई पे, बैंक डिपोजिट तथा आईएमई एजेण्टबाट प्राप्त गरेर यस योजनामा सहभागी हुन सक्नेछन् ।
त्यस्तै, योजना अवधिभर सात प्रदेशबाट २८ जना विजेताको घोषणा प्रणालीमा आधारित लक्की ड्र मार्फत गरिनेछ ।
कम्पनीले सोसम्बन्धी जानकारी कार्यालयको आधिकारिक सामाजिक सञ्जाल वा वेभसाइट पेजका अतिरिक्त आमसञ्चार माध्यमबाट सार्वजनिक गर्ने जानकारी समेत दिइएको छ ।
टिप्पणीहरू