दुबई गएका बिनोद चौधरी हिसाब मिलाएर सोझै दिल्ली

दुबई गएका बिनोद चौधरी हिसाब मिलाएर सोझै दिल्ली

डलर अर्बपति तथा सांसद विनोद चौधरी नयाँ दिल्लीबाट काठमाडौं आएका छन् । उनी आज दिउँसो १ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०६ मा आएका हुन् । 

चौधरी गत शुक्रवार बिहान फ्लाई दुबईको उडान नम्बर एफजेड ११३४ मा दुबई गएका थिए । गत सातादेखि फोर्ब्स पत्रिकाले उनलाई विश्वका डलर अर्बपतिको सूचीमध्ये १६४७ नम्बरमा राखिदिएपछि रियल इस्टेटको हिसाब हेर्न दुबई गएका हुन् । 

यो साता उनको सम्पत्ति १ अर्ब ८० करोड अमेरिकी डलर हाराहारी रहेको सोही पत्रिकाको अनलाइन संस्करणले रियल टाइम एसेस्ट्समा उल्लेख गरेको छ ।

एनआरएनको ‘विशेष’ हैसियत बनाएर बाहिरको कमाई र यताको आम्दानी व्यवस्थापन गर्न एउटा छोरालाई उनले ढुक्कैसँग त्यहाँ  खटाएका छन् । अर्का छोरा नयाँ दिल्लीमा त्यसैको लागि बस्छन् । यता,काठमाडौंमा जेठो छोराले समिट अपार्टमेन्टको लफडा पर्दा महानगरपालिकामा रुन जानेलगायत यावत चाँजोपाँजो मिलाउँछन् ।

यो पनि...

1. विनोद चौधरीलाई कारबाहीसँगै १० अर्बको रोडम्याप

2. चिरिबाबुले भोलि नै बोलाएर च्याप्न लागे चौधरीलाई

3. विनोद चौधरीको कारण दुई घर भत्किए,अरु आधा दर्जन धरापमा

4. तिम्रो जागिर तिमीलाई नै उपहार, अर्बाैं नाफा एक्लै खाने विनोद चौधरीको अनुहार

टिप्पणीहरू