कोलम्बियाका "प्रचण्ड"सँग भेटेर फर्कियो नेपाली नेताको हुल,भुटानका मन्त्री आइपुगे काठमाडौं

कोलम्बियाका "प्रचण्ड"सँग भेटेर फर्कियो नेपाली नेताको हुल,भुटानका मन्त्री आइपुगे काठमाडौं

भुटानका आर्थिक मामिलामन्त्री लोकनाथ शर्मा बिहान साढे ७ बजे पारोबाट काठमाडौं आएका छन् । उनी ड्रुक एअरको उडान नम्बर केबी ४०० बाट आएका हुन् । उनको नेपाल भ्रमणबारे सरकारी अधिकारीहरुले केही जानकारी दिएका छैनन् ।

कोलम्बिया पुगेको नेपाली प्रतिनिधिमण्डल पनि आजै फर्केको छ । पूर्वसभामुख तथा नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ नेतृत्वको टोली बिहान साढे ६ बजे टर्किस एअरलाइन्सको उडानमा काठमाडौं आइपुगेको हो ।
टोलीमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक,एमाले उपमहासचिव प्रदीप ज्ञवाली,वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा,नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारी र नेपाली सेनाका पूर्वरथी पवनबहादुर पाण्डे र चित्रबहादुर गुरूङ रहेको बताइएको छ ।

नेपाली प्रतिनिधिमण्डलले कोलम्बिया भ्रमणको क्रममा त्यहाँका प्रचण्ड भनेर चिनिएका रोडृगो लोन्दोनोसँग पनि भेटवार्ता गरेको थियो । दक्षिण अमेरिकी मुलुक कोलम्बियाको शान्ति सम्झौतामा विद्रोहीको तर्फबाट उनैले हस्ताक्षर गरेका थिए ।

टिप्पणीहरू