गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले पर्सि विश्वासको मत लिने भएका छन् । शनिबार दिउँसो ३ बजे डाकिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेको बताइएको छ ।

पर्सिको प्रदेशसभा बैठकको कार्यसूचीमा विश्वासको मत सम्बन्धी प्रस्ताव राख्न मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई अनुरोध गरेका छन् । 

गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन माओवादीले फिर्ता लिएपछि उनी नेतृत्वको सरकार अल्पमतमा परेको हो । एक महिनाभित्र मुख्यमन्त्रीले प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुरुप शनिबार उक्त प्रस्ताव गर्न लागिएको हो ।

गण्डकी प्रदेश सभामा ६० जना सदस्य छन् । मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न ३१ सदस्यको समर्थन आवश्यक छ । एमालेको २२ जना सदस्य रहेको प्रदेश सभामा नेपाली काँग्रेस २७, माओवादी केन्द्र ८, राप्रपा २ र स्वतन्त्र एक जना सदस्य छन् ।

टिप्पणीहरू