पुरुषोत्तमलाई भोट मागेर एमाले अध्यक्ष घर फिर्ता

पुरुषोत्तमलाई भोट मागेर एमाले अध्यक्ष घर फिर्ता

पार्टीको चुनावी कार्यक्रममा भाग लिन आज दिउँसो बारा पुग्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली साँझ काठमाडौँ फर्कनुभएको छ । 

एमाले बारा–२ का उम्मेदवार पुरुषोत्तम पौडेलको चुनावी सभालाई सम्बोधन गरेर अध्यक्ष ओलीसहितको टोली साँझ साढे ५ बजे काठमाडौँ फर्किएको हो । टोलीमा ओलीसँगै सविन संग्रौला, वकिल अधिकारी र दिनेश भण्डारी रहेको बताइएको छ । 

दिउँसो ३ बजे सिम्रिक एयरको हेलिकोप्टर चढेर बारा झर्नुभएका ओली सोही हेलिकोप्टरबाट साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएको हो ।

टिप्पणीहरू