मोबाइलबाट भोट मागेको भन्दै तनहुँका उम्मेदवारसँग स्पष्टीकरण
तनहुँ क्षेत्र नं.१ का उम्मेदवार गोविन्द भट्टराईलाई जिल्ला आचारसंहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको आरोपमा भटराईलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
उपनिर्वाचनको मौनअवधि शुरु भएको वैशाख ७ गते राति १२ बजेपछि मोबाइलबाट भ्वाइस म्यासेज पठाएर भोट मागेको उजुरी प्राप्त भएको भन्दै समितिले यसबारे लिखित जवाफ बुझाउन भनेको छ ।
निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो, होइन ? भन्दै समितिले आफैँ वा प्रतिनिधिमार्फत २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।
भट्टराई सत्ता गठबन्धका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हुन् ।
टिप्पणीहरू