सिंहदरबारमा क्याबिनेट बैठक

सिंहदरबारमा क्याबिनेट बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट बैठक बोलाउनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अहिले बैठक बसिरहेको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको क्याबिनेट बैठकमा दुबै उपप्रधानमन्त्रीसहित विभागीय मन्त्रीहरु र मुख्यसचिव शंकरदास बैरागी सहभागी रहेको बताइएको छ । 

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चारमन्त्री रेखा शर्मा, पर्यटनमन्त्री सुदन किराती, शहरी विकासमन्त्री सीता गुरूङ, भौतिक, पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, महिलामन्त्री महेन्द्र राय यादव बैठकमा पुगिसक्नुभएको छ ।

टिप्पणीहरू