क्युवाली राजदूतद्वारा प्रधानमन्त्री र एमाले अध्यक्षसँग छुट्टाछुट्टै भेट

क्युवाली राजदूतद्वारा प्रधानमन्त्री र एमाले अध्यक्षसँग छुट्टाछुट्टै भेट

भारत र नेपालका लागि क्युवाली राजदूतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित आवासीय राजदूत अलेजान्द्रो सिमान्कास मरिनले आज दिउँसो ५ मीनेटको फरकमा प्रधानमन्त्री र एमाले अध्यक्षसँग छुट्टाछुट्टै भेट गरेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूतको दिउँसो ३ बजेको समयमा करिब आधा घण्टा कुराकानी भएको थियो । त्यहाँबाट निस्केपछि राजदूत मरिन सोझै एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् । 

एमाले संसदीय कार्यालय, सिंहदरबारमा अध्यक्ष केपी शर्मा ओलीसँग राजदूतले झण्डै एक घण्टा कुराकानी गरेका हुन् ।

टिप्पणीहरू