एमाले कार्यालयमा भुषण दाहालको स्वर

एमाले कार्यालयमा भुषण दाहालको स्वर

नेपाली कम्युनिष्ट पार्टी स्थापना दिवस एमालेले च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार मनाएको छ । सो कार्यक्रममा ७५ वर्षको कम्युनिष्ट आन्दोलनको समीक्षा गरिएको एउटा वृत्तचित्र सार्वजनिक गरिएको थियो । 

३५ मीनेटको वृत्तचित्रमा कलकत्ताको श्यामबजारदेखि शुरु भएको कम्युनिष्ट आन्दोलन र अहिलेको अवस्थामा आएका घटनाक्रमलाई समेटिएको छ । वृत्तचित्रमा भुषण दाहालले आवाज दिएका छन् ।

सो अवसरमा रसुवाबाट संविधानसभा सदस्य रहेका प्रेम तामाङ, मुकुन्द न्यौपाने र हरि श्रेष्ठले एमाले पार्टी प्रवेश गरेको घोषणा गरिएको थियो । एकीकृत समाजवादी छोडेर फर्किएका न्यौपानेले आपूmलाई कुनै जिम्मेवारी नदिएकाले फर्किएको आशय व्यक्त गरेका थिए । 

हरि श्रेष्ठलाई भने पटक पटक पार्टी प्रवेश गराइएको देखिन्छ । उनी यसअघि नै एमाले प्रवेश गरी पेशागत महासंघको उपाध्यक्ष भइसकेका छन् । अबदेखि एमालेले ‘मिसन ग्रासरुट’ लाई हिरक जयन्तीका रूपमा मनाएर अघि बढाउने तयारी भएको छ ।

टिप्पणीहरू