राष्ट्रपति भेट्न गएका सल्लाहकार नयाँ दिल्ली पुगे

राष्ट्रपति भेट्न गएका सल्लाहकार नयाँ दिल्ली पुगे

नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उहाँका सल्लाहकार नयाँ दिल्ली गएका छन् । राष्ट्रपतिका राजनीतिक विज्ञ तथा पूर्वमन्त्री एवम् नेपाली काँग्रेस नेता सुनिलकुमार थापा आज बिहान काठमाडौंबाट नयाँ दिल्ली गएको बताइन्छ । 

थापा बिहान पौने ११ बजे इण्डिगो एअरको उडानमा त्यसतर्फ प्रस्थान गरेका हुन् । 

सोही उडानमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पनि नयाँ दिल्ली गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतले बताएको छ ।

टिप्पणीहरू