रारामा देखियो कमलादीको रमिता
![रारामा देखियो कमलादीको रमिता](https://janaaastha.prixacdn.net/media/albums/rara_sayar_FwuveRZYxq.jpg)
एकातिर राज्यकोष तन्नम, कर्मचारीलाई तलब, निवृत्तलाई पेन्सनदेखि सामाजिक सुरक्षा भत्तासम्म खुवाउन नसक्ने स्थितिमा छ । अर्काेतिर ‘नयाँ जोगी’लाई सरकारी बजेट सकाउने ध्याउन्न । साहित्यको श्रीवृद्धिमा लाग्नुपर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारी बजेट उडाउनतर्फ केन्द्रित हुँदा अहिले साहित्यिक वृत्तबाटै आलोचनाको शिकार हुँदै छ ।
प्रगतिशील लेखक संघको परिषद् बैठकका नाममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, उपकुलपति विमल निभा, सदस्य सचिव धनप्रसाद सुवेदी, परिषद् सदस्य मधुसूदन गिरी, परिषद् सदस्य बाबा बस्नेत, परिषद् सदस्य कौशिला रिसाल, परिषद् सदस्य अगिम बनेपाली र परिषद् सदस्य कृष्णराज अधिकारीका अलावा कर्मचारी लक्ष्मी गौतम, योजना अधिकृत सविना ज्ञवाली, शाखा अधिकृत उत्तम उपाध्याय, नायब सुब्बा रञ्जन घिमिरे र कुलपतिको सचिवालय कि राधा दुलाल कार्कीसमेतको टोली रारा शयरमा निस्किएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको दैनिक भ्रमण भत्तासहित १३ सदस्यीय जम्बो टोलीमध्ये ८ प्राज्ञ र ५ जना कर्मचारी रारा निस्किएका हुन् । एकै पटक जम्मो टोली रारा शयरमा निस्किएसँगै उनीहरू चर्काे आलोचना खेप्न बाध्य हुनुपरेको हो । प्रलेसको परिषद् बैठकको बाहनामा जम्मो टोली त्यता जाँदा आलोचना हुने देखिएपछि कुलपति भूपाल राईले एउटा चतु¥याइँ गरे ।
चार वटा विभागको कार्यक्रममा राखेर उक्त टोलीमा कर्मचारी पनि समावेश गराउने भए प्रतिष्ठान स्रोतबाट खर्च प्रबन्ध गर्न कर्मचारी तयार भएपछि १३ जनालाई दैनिक भ्रमण भत्तासहित २ वटा गाडीमा रारा शयरको चाँजो मिलाइएको हो ।
उनीहरू १४ गतेदेखि २१ गतेसम्मको टिएडिए लिने गरी काज बिदा लिएर प्रतिष्ठानको रारा शयरमा निस्केको हो । ११ जना परिषद् सदस्यमध्ये तीन जना राजन मुकारुङ, अमर न्यौपाने र हंसावती कुर्मीमा भने समावेश छैनन् ।
टिप्पणीहरू