पहिचानवादीको गेटैमा डोजर

पहिचानवादीको गेटैमा डोजर

कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने माग राख्दै आएका हरुले ठड्याएको एउटा गेटमा डोजर चलाइएको छ । पाँचथर सदरमुकाम फिदिमको मुख्य बजारमा रहेको गेट हिजो भत्काइएको हो ।

गेट मेची राजमार्ग विस्तारका क्रममा भत्काइएको बताइएको छ । पञ्चायत रजतजयन्तीको अवसरमा बनाइएको उक्त गेटलाई दोस्रो जनआन्दोलनपछि ‘लिम्बुवान गेट’ भन्न थालिएको थियो ।

पहिचान पक्षधरहरूले गेट हटाउन नहुने अडान राखे पनि सडक विस्तारको क्रममा भत्काउन परेको स्थानीय प्रशासनको भनाइ छ । इलाम सडक डिभिजन कार्यालयले गेट भत्काएको हो ।

टिप्पणीहरू