आरजूलाई अलपत्र पार्न कस्सिएकै हुन् त विकास ?

आरजूलाई अलपत्र पार्न कस्सिएकै हुन् त विकास ?

'ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ' भनेझैँ नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि नेपाली काँग्रेसका दुई प्रभावशाली नेतृ आरजू राणा र मन्जु खाँण निकटहरुबाटै 'अपहेलित' हुन थालेका छन् । कुनैबेला आरजूसँग उभिएर यौटा फोटो खिच्नुलाई समेत गौरव ठान्नेहरु अहिले 'मरेको मान्छेलाई जुम्राले छोडे' जस्तै टाढिएको काँग्रेसका संस्थापन पक्षीय कतिपय नेताहरुको दु:खेसो छ । 

शेरबहादुर देउवा शक्तिमा हुँदा आरजुको चाकडीमा प्रतिष्पर्धा गरेका र अहिले लर्खराउनेमध्येका एक हुन्,सर्लाहीका विकास ठाकुर । आरजुको मिडिया सम्हाल्ने जिम्मा पाएका उनी देउवा शक्तिमा हुँदासम्म आरजूको अघिपछि कुदिरहन्थे । मधेशी भेषभुषामा सजिएर देउवा दम्पत्तिको अघिपछि गरिरहने यिनी नक्कली शरणार्थी प्रकरणमा आरजुको पक्षमा माहोल बनाउन सक्रिय नहुँदा देउवा निकटहरुले चित्त दुखाएका हुन् ।

 

गोकुल बाँस्कोटाको ७० करोड अडियो प्रकरण र कृष्णबहादुर महराको जबर्जस्ती करणी काण्डको अडियो सार्वजनिक गर्ने यौटा अनलाइनसँग सम्वध्द यिनी त्यो अनलाइनका प्रमुख कांग्रेसको केन्द्रीय सदस्यमा उक्लिएपछि आरजुको मिडिया सन्चालनको जिम्मेवारीमा थिए ।

 

तर, अहिले यस्तो दु:खको बेला आरजुको पक्षमा माहोल बनाउनतिर लाग्नुपर्नेमा उनी लाखापाखा लागेको गुनासो सुनिन्छ ।

टिप्पणीहरू