भारतीय प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिले सङ्गै खाने समय तोकियो
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको राजकीय भ्रमणमा जाने भएका छन् । मोदीले अमेरिकी राजदूत जो बाइडेन र प्रथम महिला जिल बाइडेनको निम्तोमा आगामी जुन महिनाको तेस्रो साता अमेरिका भ्रमण गर्ने बताइएको छ ।
सो क्रममा जुन २२ तारिखको राति वासिङगटनमा सँगै डिनरमा सहभागी हुने कार्यक्रम तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भ्रमण दुई देशबीच कायम रहेको आर्थिक,राजनीतिक र सामाजिक सम्बन्ध बढाउन सहयोगी हुने अधिकारीहरुको विश्वास छ । भ्रमणको क्रममा प्रविधि,व्यापार, औद्योगिक,शिक्षा,अनुसन्धान, स्वच्छ ऊर्जा, सैन्य सुरक्षा, स्वास्थ्यलगायत विषयमा छलफल हुने बताइएको छ ।
अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री मोदीसँग राष्ट्रपतिले अमेरिकी नेतृत्वको इण्डो प्यासिफिक र क्वाडको प्रभावकारिता उकास्नेबारे थप छलफल गर्ने कार्यक्रम छ । क्वाड एसिया प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य प्रभाव बढाउन तय गरिएको एउटा सुरक्षा संयन्त्र हो । यसमा अमेरिका,जापान, अष्ट्रेलिया र भारत संस्थापक छन् । न्युजिल्याण्ड,कोरिया र भियतनाम पछि थपिएका सदस्य राष्ट्र हुन् ।
टिप्पणीहरू