अमरेशकुमारले अस्ति कपडा खोले, भोलि मुख खोल्ने
नक्कली भुटानी शरणार्थीको आवरणमा सर्वसाधारण नेपालीलाई अमेरिका लैजान खोजिएको प्रकरणबारे भोेलि दिउँसो धेरै कुरा खोल्न लागिएको छ । मानव तस्करी र नक्कली शरणार्थी प्रकरणबारे पूर्वमन्त्री तथा राजदूत,अख्तियारका पूर्वप्रमुख आयुक्त र सांसदहरुले प्रकरणमा संलग्नहरुबारे जानकारी गराउने बताइएको छ ।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले भोलि दिउँसो डेढ बजे पाटन हाइस्कुलमा यससम्बन्धी कार्यक्रम राखेको छ । पूर्वमन्त्री तथा राजदूत नीलाम्बर आचार्य,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद उपाध्याय,योजना आयोगका पूर्वउपाध्यक्ष तथा सांसद डा. स्वर्णिम वाग्ले र सांसद अमरेशकुमार सिंहले प्रकरणमा संलग्नहरुबारे थप जानकारी दिन सक्ने बताइएको छ ।
सोही विषयमा संसदमा आफ्नो धारणा राख्न सभामुखले समय नदिएको आरोप लगाउँदै सिंह बैठकमा शरीरको माथिल्लो भागको कपडा खोलेर अर्धनग्न बनेका थिए ।
टिप्पणीहरू