प्रधानमन्त्री भेट्न राष्ट्रिय सभा अध्यक्ष बालुवाटारमा

प्रधानमन्त्री भेट्न राष्ट्रिय सभा अध्यक्ष बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बालुवाटार पुग्नुभएको छ । भेटमा प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिना मात्रै सहभागी हुनुभएको बताइन्छ । 

उहाँहरुबीच संसदको चालु अधिवेशनलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको बुझिएको छ । संसदमा प्रस्तुत गरिने सरकारको नीति तथा कार्यक्रम, संयुक्त बैठकलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

टिप्पणीहरू