भारतीय प्रधानमन्त्रीका भाइ फर्केलगत्तै उताका नेताहरुको हुल काठमाडौँमा

भारतीय प्रधानमन्त्रीका भाइ फर्केलगत्तै उताका नेताहरुको हुल काठमाडौँमा

भारतीय नेताहरुको जम्बो टोली नेपाल आइपुगेको छ । इन्डिगो एयरको उडानबाट भारतीय शक्ति चेतना पार्टीका अध्यक्षसहितका नेताहरु आज दिउँसो काठमाडौँ उत्रिएका हुन् । 

टोलीमा शक्तिस्वरूपा दिदी भनेर चिनिने चेतना पार्टीकी केन्द्रीय अध्यक्ष पूजा शुक्ला, सोही पार्टीका राष्ट्रिय अध्यक्ष शक्तिस्वरूपा दिदी सन्ध्या शुक्ला, प्रधानन्यासी पञ्चज्योती शक्तितीर्थ सिद्धाश्रमकी शक्तिस्वरूपा दिदी ज्योति शुक्ला, चेतना पार्टीका महासचिवद्वय अजय अवस्थी, रजत मिश्रा, राष्ट्रिय उपाध्यक्ष सौरभ द्विवेदीलगायत छन् । 

टोेली दिउँसो साढे ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रेको बताइएको छ । हिजो साँझमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रल्हाद दामोदर दास मोदी पाँच दिनको नेपाल भ्रमणपछि दिल्ली फर्किएका थिए ।

टिप्पणीहरू