प्रधानमन्त्रीसङ्ग जम्मा १५ वटा प्रश्न

प्रधानमन्त्रीसङ्ग जम्मा १५ वटा प्रश्न

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सांसदहरुको प्रश्नको जवाफ दिनुहुने भएको छ । प्रतिनिधि सभाको बैठकमा उहाँले सांसदहरुले उठाएका महत्वपूर्ण प्रश्नको जवाफ दिने बताइएको छ ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्रीलाई सांसदहरुले २० वटा प्रश्न पठाएका छन् । तीमध्ये १५ वटाको मात्र जवाफ दिने कार्यसूची रहेको छ । संसद बैठक बिहान ११ बजेलाई राखिएको छ ।

भोलि दिउँसो संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू