९ महिनामा ६७ अर्ब रुपैयाँ अध्ययनका लागि विदेश बाहिरियो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षको नौ महिनामा अध्ययनका लागि देशबाट ६७ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा जारी प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा उहाँले अध्ययनका लागि देशबाट त्यति ठूलो मात्रामा रकम बाहिरिएको बताउनुभएको हो ।
साथै, सोही अवधिमा ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रिएको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी गराउनुभयो ।
टिप्पणीहरू