अमेरिकी राजदूत १५ मीनेटकाे निम्ति सिंहदरबारमा

अमेरिकी राजदूत १५ मीनेटकाे निम्ति सिंहदरबारमा

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन परराष्ट्र मन्त्रालय, सिंहदरबार पुग्नुभएको छ । उहाँ शिष्टाचार भेटवार्ताको निम्ति मन्त्रालय जानुभएको बताइएको छ । 

राजदूत थम्पसनले आज परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसँग भेटवार्ता गर्नुभएको हो । 

उहाँहरुबीच बिहान ११ बजेदेखि करिब १५ मीनेट बातचित भएको मन्त्रालय स्रोतले बताएको छ ।

टिप्पणीहरू