वैदेशिक रोजगार ऐन संशोधन माग, संसद अगाडि हस्ताक्षर अभियान

वैदेशिक रोजगार ऐन संशोधन माग, संसद अगाडि हस्ताक्षर अभियान

मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आह्वान गर्दै हस्ताक्षर संकलन अभियान थालेको छ । वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जनका लागि सरकारलाई दबाब दिन अधिवक्ता निता पोखरेलको नेतृत्वमा फोरमका सदस्यहरुले हस्ताक्षर संकलन गर्न थालेको बताइएको छ । 

काठमाडौं महानगरपालिका १०, नयाँ बानेश्वरस्थित पानी ट्याङ्की छेउमा सेतो कपडा बिच्छ्याएर हस्ताक्षर संकलन थालिएको हो । विद्यमान वैदेशिक रोजगारी ऐनले रोजगारका लागि विदेश पुगेका श्रमिकहरुको समस्या सम्बोधन गर्न नसकेको फोरमको भनाइ छ । 

त्यस्तै, वैदेशिक रोजगारीसम्बन्धी केही सेवाहरु सरकारले विकेन्द्रिकृत गरे पनि धेरैजसो महत्वपूर्ण सेवाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्न नसकेको गुनासो फोरमको छ । गन्तव्य मुलुकहरुमा श्रमिकमैत्री संयन्त्र र कुटनीतिक नियोगमा पर्याप्त र दक्ष जनशक्तिको अभावका कारण आइपर्ने समस्याहरुको प्रभावकारी सम्बोधन र उचित समाधान हुन नसकेको फोरमको ठहर छ ।


 

टिप्पणीहरू