संसद भवनमा एमाले सांसदहरुलाई प्रशिक्षण

संसद भवनमा एमाले सांसदहरुलाई प्रशिक्षण

संसद भवन, नयाँ बानेश्वरमा एमाले सांसदहरुलाई प्रशिक्षण दिइएको छ । संसदीय दलको बैठक भनिए पनि ल्होत्से हलमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे पार्टीको धारणा जानकारी गराइएको बताइएको छ ।

दिउँसो साढे १२ बजेबाट शुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली २ बजेको समयमा पुग्नुभएको थियो । आफ्नो मन्तव्य राखेपछि उहाँ लगत्तै त्यहाँबाट बाहिरिनुभएको हो । 

संसदमा भोलिदेखि मंगलबारसम्म नीति तथा कार्यक्रममाथि छलफल कार्यक्रम राखिएको छ । उक्त छलफलमा पार्टीको समान धारणासहित प्रस्तुत हुन एमालेले सांसदहरुलाई प्रशिक्षित गराएको हो ।

आजको प्रशिक्षणमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्रिय पुनर्निमाण प्राधिकरणका पूर्वकार्यकारी निर्देशक सुशिल ज्ञवालीले नीति तथा कार्यक्रममा रहेको कमजोरीबारे जानकारी गराएका छन् ।

टिप्पणीहरू