जनप्रतिनिधिबारे जनमत संग्रह गराउँदै जनमत

जनप्रतिनिधिबारे जनमत संग्रह गराउँदै जनमत

सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कार्यमूल्यांकन आन्तरिक जनमत संग्रहमार्फत गर्ने भएको छ । 

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चुनिएका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर र वडाध्यक्षले हालसम्म्म गरेका कामको समीक्षा गर्न जनमतले जनमत संग्रह गराउन लागेको हो ।

अध्यक्ष राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने नीति रहेको जानकारी दिदैँ आगामी श्रावण ६ गते जनमत संग्रह हुने बताए । उनका अनुसार जनमत संग्रहको मतदानको व्यवस्था पार्टीको सम्बन्धित स्थानीय तहले मिलाउने छन् । 

‘तपाईँको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणाअन्तर्गत जनताको लागि काम गरेको छ कि छैन ?’ भन्ने प्रश्नमा मतदान हुनेछ । 

मतदानमा २०८० बैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडाका पार्टी सदस्यहरुले भाग लिन पाउने बताइएको छ ।

टिप्पणीहरू