खेलकुद मन्त्रालयमा एआईजी र डिआईजी

खेलकुद मन्त्रालयमा एआईजी र डिआईजी

सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुद परिषद्को बैठक बसेको छ । दिउँसो साढे १ बजेदेखि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा परिषद्को बैठक बसेको बताइएको छ ।

बैठकमा परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) टेकप्रसाद राई, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डिआईजी) पुरुषोत्तम थापालगायतको उपस्थिति छ ।

परिषद्को आज बसेको बैठक ११६ औं हो ।

टिप्पणीहरू