उपेन्द्र यादव सर्वसम्मत संसदीय दलको नेता

उपेन्द्र यादव सर्वसम्मत संसदीय दलको नेता

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उक्त पार्टीको संसदीय दलको नेतमा चयन भएका छन् । संसद सचिवालय, सिंहदरबारमा बसेको उक्त पार्टीको संसदीय दलको बैठकले अध्यक्ष तथा सांसद यादवलाई सर्वसम्मत तवरले संसदीय दलको नेतामा चयन गरेको बताइएको छ ।

दिउँसो पौने ४ बजेदेखि झण्डै १५ मीनेट बसेको बैठकले उक्त निर्णय गरेको हो । यादव गत वैशाख १० गते भएको उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन् । 

यसअघि गत मंसिर ४ गतेको आमनिर्वाचनमा उनी सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग फराकिलो अन्तरले पराजित भएका थिए ।

टिप्पणीहरू