रेशम चौधरीलाई छुटाउन राष्ट्रपति असहमत

रेशम चौधरीलाई छुटाउन राष्ट्रपति असहमत

राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव अस्वीकार गरेको छ । सरकारले गरेको उक्त प्रस्ताव शीतल निवासले गृह मन्त्रालयमै फिर्ता पठाएको हो । 

सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो ।

२०७२ भदौ ७ गते टीकापुरमा घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको हत्या भएको थियो । उक्त घटनामा मुख्य दोषी ठहरिएपछि जन्मकैदको सजाय भुक्तानी गरिरहेका चौधरी अहिले केन्द्रीय कारागारमा छन् ।

टिप्पणीहरू