यादव बने जसपाको प्रमुख सचेतक

यादव बने जसपाको प्रमुख सचेतक

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । 

अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले उनलाई आज प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

 प्रमुख सचेतकमा नियुक्त  भएका प्रदीपलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन तथा निमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिन अध्यक्ष यादवले संघीय संसदका महासचिवलाई पत्र लेखेका छन् ।


 

 

टिप्पणीहरू