संसद बैठकअघि प्रमुख दलका नेताहरु सिंहदरबारमा

संसद बैठकअघि प्रमुख दलका नेताहरु सिंहदरबारमा

नेपाली काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ९ बजेदेखि कुराकानी भएको छ ।

हिजोदेखि प्रतिनिधसभा बैठकमा उत्पन्न अवरोध हटाउन नेताहरु छलफलमा जुटेको बताइएको छ ।

छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षामन्त्री पूर्ण हादुर खड्का, एमाले प्रमुख सचेतक पदम गिरी, काँग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलगायतको उपस्थिति छ ।

हिजो स्थगित प्रतिनिधिसभा बैठक आज दिउँसो ४ बजे डाकिएको छ ।

टिप्पणीहरू