‘जो चोर उसको ठूलो स्वर’ भन्दै जुलुसको तयारी

‘जो चोर उसको ठूलो स्वर’ भन्दै जुलुसको तयारी

एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज दिउँसो विरोध प्रदर्शन गर्न लागेको छ । संघले दिउँसो ४ बजे नयाँ बानेश्वर चोकमा ‘जो चोर उसको ठूलो स्वर, मुख सम्हाल हराम खोर’ भन्दै प्रदर्शन गर्न लागिएको बताइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि माओवादी सांसदले पशुपतिको सुनको जलारीमा भ्रष्टाचार गरेको आरोप लगाएपछि हिजोदेखि संसद बैठक अवरुद्ध भएको छ । सोही सन्दर्भमा आज संघले प्रदर्शन गर्न लागेको हो ।

संघले, ‘सत्तारुढ नेताहरुको तुच्छ, आधारहीन, भ्रामक तथा आपपित्तजनक अभिव्यक्तिविरुद्ध’ आन्दोलन गर्न लागिएको जनाएको छ । सोही सन्दर्भमा आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सरकारको तर्फबाट प्रष्ट पार्ने सहमति एमाले, काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच आज बिहान भएको छ ।
 

टिप्पणीहरू