पूर्वराजा विमानमा नेपालगञ्जबाट सुर्खेत

पूर्वराजा विमानमा नेपालगञ्जबाट सुर्खेत

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्जबाट सुर्खेत जानुभएको छ । उहाँ पूर्वरानी कोमलसहित परिवार र अन्य कर्मचारी १० जनाको टोलीसहित आज दिउँसो सुर्खेत जानुभएको बताइएको छ ।

शाह विमानमा सुर्खेत जानुभएको हो । समिट एअरको उडानमा नेपालगञ्जको राँझा विमानस्थलबाट पूर्वराजाको टोली पौने २ बजे प्रस्थान गरेको हो ।

उहाँहरु आजै साँझ नेपालगञ्ज फर्कने कार्यक्रम रहेको छ । पूर्वराजा शाह पूर्वराजपरिवारका सदस्यहरुसँग्ै अघिल्लो महिनादेखि नेपालगञ्जको होटल सोल्टी वेस्टेन्ड प्रिमियरमा बस्दै आउनुभएको छ । यसबीचमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा त्यताको पनि भ्रमण गरिसक्नुभएको छ ।

टिप्पणीहरू