भारतीय राजदूत पनि नयाँ दिल्ली प्रस्थान
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव नयाँ दिल्ली गएका छन् । राजदूत श्रीवास्तव एअर इण्डियाको उडान नम्बर एआई २१४ मा बिहान १० बजे काठमाडौंबाट प्रस्थान गरेको बताइएको छ ।
भोलिदेखि शुरु हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा राजदूत आज त्यसतर्फ गएकाे दूतावास स्राेतले बताएकाे छ ।
यसअघि भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख आजै बिहान नयाँ दिल्ली गएका हुन् । प्रमुख राघवप्रसाद भट्नागर नेपाल वायुसेवाको उडान नम्बर आरए २०५ बाट बिहान साढे ८ बजे गएको बताइएको छ । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसम्बन्धी रिपोर्टिङका लागि एक दिनअघि त्यता गएको स्रोतको भनाइ छ ।
टिप्पणीहरू