शनिबारसम्म रक्षामन्त्री खड्का कार्यवाहक प्रधानमन्त्री

शनिबारसम्म रक्षामन्त्री खड्का कार्यवाहक प्रधानमन्त्री

आजदेखि आगामी शनिबारसम्म उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाह प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुभएकाले खड्का कार्यवाहक प्रधानमन्त्री हुनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उहाँले सम्हाल्दै आउनुभएको जिम्मेवारी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले सम्हाल्ने गरी तोक्नुभएको छ  ।

प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणको क्रममा नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ शनिबार साँझ फर्कने कार्यतालिका छ ।

टिप्पणीहरू