धनगढीमा भोलि तीन घण्टा बिजुली जाने
कैलालीको धनगढीमा शनिबार तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
अत्तरिया–धनगढी ३३ केभी लाइनमा लागेका बुस कटिङ्ग तथा मर्मत कार्यका निम्ति तीन घण्टा धनगढी सबस्टेशनबाट प्रशारण हुने सबै फिडरको लाईन अवरुद्ध हुन लागेको हो ।
आज सूचना प्रकाशित गर्दै नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले भोलि बिहान ७ बजेदेखि बिहान १० बजेसम्म सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
यसबाट ग्राहकमा पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी गर्दै केन्द्रले निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा लाइन सुचारु हुन सक्ने पनि सूचनामा उल्लेख गरेको छ ।
टिप्पणीहरू