विदेशबाट सचिवहरुको धमाधम स्वदेश आगमन

विदेशबाट सचिवहरुको धमाधम स्वदेश आगमन

विभिन्न मन्त्रालयका सचिवहरु हिजो एउटै समयमा काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण टोलीमा रहेका र अन्य सरकारी काममा विदेश गएका सचिवहरु हिजो साँझ काठमाडौं आइपुगेका हुन् ।

नयाँ दिल्लीबाट सचिवहरुको आठ सदस्यीय टोली नेपाल वायुसेवा निगमको उडानमा साँझ साढे ६ बजे स्वदेश फिर्ता भएको हो । उडान नम्बर आरए २१८ मा नयाँ दिल्लीबाट गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, कानुन मन्त्रालयका सचिव धनराज ज्ञवालीसहितको टोली आएको बताइन्छ । 

हिजै साँझ कोरियाबाट श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल नेतृत्वको पाँच सदस्यीय टोली पनि स्वदेश फर्केको छ । उक्त टोली कोरियन एअरको उडान नम्बर केई ६९५ मा साँझ साढे ५ बजे काठमाडौं आइपुगेको हो ।

टिप्पणीहरू