दार्चुलामा सिकिस्त सुत्केरीको होलिकोप्टरबाट उद्दार

दार्चुलामा सिकिस्त सुत्केरीको होलिकोप्टरबाट उद्दार

दार्चुलामा एक सुत्केरी महिलाको उद्दार गरिएको छ । लेकम गाउँपालिका–२ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको आज बिहान हेलिकोप्टरमा उद्दार गरिएको बताइएको छ ।

पार्वतीले हिजो दिउँसो सर्मोली स्वास्थ्य चौकीमा शिशु जन्माएकी हुन् । प्रसूतीपछि उच्च रक्तस्रावका कारण आज बिहान उनलाई थप उपचारको निम्ति सुर्खेतस्थित प्रादेशिक अस्पताल ल्याइएको हो ।

उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

टिप्पणीहरू