राप्रपा अध्यक्षलाई भेटेर चिनियाँ कम्युनिष्ट नेताहरु सोझै शीतल निवास

राप्रपा अध्यक्षलाई भेटेर चिनियाँ कम्युनिष्ट नेताहरु सोझै शीतल निवास

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी, विदेश विभागका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलका प्रमुख स्वकीय सचिवसँग भेटवार्ता गरेका छन् । 

विदेश विभागका सहायक निर्देशक छु मिन नेतृत्वको चार सदस्यीय टोलीले आज बिहान शीतल निवास पुगेर राष्ट्रपतिका स्वकीय सचिव तथा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेसङ्ग भेट गरेको हो । भेटवार्ताका लागि बिहान ११ बजे शीतल निवास पुगेका चिनियाँ अधिकारीहरु पौने घण्टा कुराकानी गरी बाहिरिएका थिए । 

त्यसअघि चिनियाँ नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई पार्टी कार्यालयमै पुगेर भेटेका थिए । बिहान ९ बजे धुम्बाराहीमा भएको आधा घण्टाको भेटवार्तामा विविध राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ ।

टिप्पणीहरू