सैनिक भवनमा आगलागी, नगद निकाले पनि सामान ध्वस्त

सैनिक भवनमा आगलागी, नगद निकाले पनि सामान ध्वस्त

न्युरोड गेटस्थित नेपाली सेनाको व्यापारिक मलमा आगलागी भएको छ । हिजो राति भएको आगलागीमा एउटा पसल कवल ध्वस्त भएको बताइएको छ ।

आगलागीपछि पुगेको सैनिक टोलीले पसलमा रहेको नगद झिक्न भ्याए पनि सामान नष्ट भएको हो । महांकाल मन्दिर सामुन्नेको सैनिक भवनको पसल नम्बर ए ५८ मा आगलागी भएको हो ।

विद्युत लाइन सर्टबाट आगो लागेको बताइएको छ । उद्धारको लागि पुगेको सैनिक टोलीले पसलबाट झिकेको एक लाख १७ हजार रुपैयाँ पसलधनी छिरिङ डोल्कर लामालाई तत्काल बुझाएको थियो ।

सेनाको रणभैरव गणका सहसेनानी नवराज ढकालको कमाण्डमा तीन दर्जन सैनिक, नेपाल प्रहरीको नरसिंह दलका ३० जना, एमटी गणका ३४ जनासहित स्थानीयले आगो निभाएका थिए । त्यसैगरी नेपाली सेनाको २ वटा र कामनपाको एउटा दमकल पनि त्यहाँ पुगेको थियो ।

टिप्पणीहरू