भोलिदेखि एनएमबी बैंकमा मुद्दतीको ब्याज महँगो, राष्ट्रिय वाणिज्य बैंकको ऋण सस्तो
यसअघि ब्याजदरमा ‘कार्टेलिङ’ गर्दै आएका वाणिज्य बैंकहरुले भोलिदेखि लागू हुने निक्षेप र कर्जाको ब्याजदर आफैँले तोकेका छन् । साउन महिनाको निम्ति उनीहरुले तोकेको नयाँ ब्याजदर सार्वजनिक गरिएको छ ।
जसअनुसार केही बैंकको मुद्दति र बचत निक्षेपमा दिइने ब्याजदर बढेको छ भने, केहीको घटेको छ । आजसम्म सबै बैंकले मुद्दती निक्षेपमा समान ९.९९ प्रतिशत ब्याज दिएका छन ।
भोलिदेखि एनएमबि बैंकले सबैभन्दा धेरै १०.९८ प्रतिशत ब्याजदर तोकेको छ । सोही बैंकले निक्षेपमा कम्तीमा ९.७५ प्रतिशत ब्याजदर दिने भएको छ ।
सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८.९५ प्रतिशत ब्याजदर तोकेको छ । कर्जाको हकमा सबैभन्दा सस्तो ब्याज राष्ट्रिय वाणिज्य बैंकको हुने निश्चित छ ।
टिप्पणीहरू